यसरी खुशी मनाउछौ
सारा उपत्यकालाई सताएर
आफ्नो झन्डा फर्फराउछौ
अरुको स्वतन्त्रतालाई ठेस् पुर्याएर
कसरी भोट दिउ तिमीलाई नेकपा एमाले ?
न दिन्छु दबाबले,न अब चाहले
समयको रितलाई नक्कार्दै
सबैको समय बर्बाद् गरेउ
कामगरी खाने हातहरुलाई
जुलुस को जन्जिरले बाधिदियेउ
कसरी भोट दिउ तिमीलाई नेकपा एमाले ?
न दिन्छु दबाबले,न अब चाहले