Wednesday, December 26, 2012

Naive


I stood naive, like i always try to be
while there were impulses inside of me
To break every chains that bind me, blind me
To shake every faith that holds me, bolts me
But like every shadow is a child of the light
and every cloud, the sibling of sky
i am empty without what i am
because without that what am i?

And i stood naive again,
Believing that was the right thing to do
Supressed and boiling inside
But nothing to dare and prove.

Sunday, March 4, 2012

कसरी ???


यसरी  खुशी मनाउछौ
सारा उपत्यकालाई सताएर
आफ्नो झन्डा  फर्फराउछौ
अरुको स्वतन्त्रतालाई ठेस् पुर्याएर  

कसरी भोट दिउ तिमीलाई नेकपा एमाले ?
न दिन्छु दबाबले,न अब चाहले

समयको रितलाई नक्कार्दै
सबैको समय बर्बाद् गरेउ
कामगरी खाने हातहरुलाई
जुलुस को जन्जिरले बाधिदियेउ

कसरी भोट दिउ तिमीलाई नेकपा एमाले ?
न दिन्छु दबाबले,न अब चाहले

Friday, March 2, 2012

समय

साथमा रमाउदा चाडो जाने समय 
बिछोडको एकान्तमा बरालिने समय
रातको प्रहरमा छ्टपटाउने समय
कसैको पर्खाइमा हुँदा अल्पबिराम समय

समय, प्रश्न र जवाफ दुवै उही
समय, एकै सिक्काको पाता दुई
समय, दासलाई जन्जिरमा बाध्ने
समय, उच्छीनेर उसलाई कसरी बाच्ने ?

चलिरहेरपनि स्थिर र अडिग ऊ 
सल्किरहेरपनि नसकिने आगो ऊ
समय, यही इशु, अल्लाह, देवता
बिचित्र भएर पनि एकल भाग्य बिधेता